सार्वजनिक स्थलमा धूमपान गर्ने १७ पक्राउ

64
Shares

mpco_logo-fill-291x250 (1)काठमाडौँ –  सार्वजनिकस्थलमा स्थलमा चुरोट सेवन गरेको आरोपमा शनिबार कोटेश्वरबाट १७ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग कोटेश्वरले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पछि उनीहरुलाई एक सय रुपैयाँ जरिमाना तिर्न लगाई सार्वजनिक स्थलमा फेरी सेवन नगर्ने सर्तका साथ रिहा गरिएको छ ।

केही दिन यता प्रहरीले धूमपान नियन्त्रण अभियान अन्तर्गत सडक, चोक र सार्वजनिक स्थानमा धूमपान गर्नेलाई पक्राउ गरी जरिमाना गराउन थालेको छ ।

शुक्रबार मात्रै कोटेश्वर क्षेत्रबाट प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको प्रहरी सहायक निरीक्षक जीवन खड्काले जानकारी दिए । नेपाल प्रहरीले मुलुकभर नै यो अभियान सुरु गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *