सरकारी कार्यालयमा धूमपान गर्नेलाई २ सय जरिवाना

4
Share

भारत । मध्यप्रदेशको ऐतिहासिक ग्वालियर शहरमा रहेका सरकारी कार्यलयमा धूमपान गर्ने व्यक्तिलाई दुई सय रुपैयाँ जरिवाना गर्ने नियम राज्य सरकारले अघि सारेको छ । सरकारी कार्यलयमा स्वच्छता अभियान अन्तरगर्त धूमपान निषेध गरिएको हो ।

गत सोमबार बसेको अन्तरविभागीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको सम्भागीय आयुक्त बीएम शर्माले बताए ।

‘अब सरकारी कार्यालय हाता भित्र कसैले धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गरेको पाइए २०० रुपैयाँ जरिवाना तिर्नुपर्छ । जरिवानाका लागि रसिदको समेत व्यवस्था गरिएको छ,’ शर्माले भने ।

उनले ग्वालियर व्यापार मेलामा पनि चुरोट विडी जस्ता सूर्तिजन्य पदार्थ बेच विखन गर्न रोक लगाइएको बताए । स्थानीय सरकारले व्यापार मेलामा पनि धूमपान पूर्ण रुपमा निषेध गरिएको बताएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *