निर्मलाका बुबा यज्ञराजको मानसिक स्वास्थ्यमा सुधार, शुरु गरियो थाइराइडको उपचार

116
Shares

काठमाडौँ, २१ मंसिर । त्रिवि शिक्षण अस्पतालमा उपचाररत स्व निर्मला पन्तका बुबा यज्ञराज पन्तको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । चिकित्सकहरुले केही दिनमै डिस्चार्ज गर्ने तयारी गरेका छन् ।

छोरीको न्यायका लागि भन्दै अनसन बसिरहेका बेला यज्ञराजले असामान्य गतिविधि देखाउन थालेपछि गत ९ मंसिरमा त्रिवि शिक्षण अस्पताल ल्याइ उपचार शुरु गरिएको थियो ।

‘मानसिक तर्फको समस्यामा निकै सुधार आएको छ । हाम्रो हिसावले अब डिस्चार्ज गर्न मिल्छ । तर उहाँमा थाइराइडमा समेत समस्या आएकोले अहिले त्यो उपचार चलिरहेको छ । त्यसपछि मात्रै डिस्चार्ज हुनुहुन्छ,’ मानसिक रोग विभाग प्रमुख प्राडा सरोज ओझाले बताए ।

उनले दश दिन अघिको देखिएको मानसिक अवस्था र अहिले धेरै नै सुधार आएको जानकारी दिए । यद्धपी पारिवारिक तनावबाट गुज्रिदा भएको मानसिक अवस्थालाई पूर्ण रुपमा निको केही समय लाग्ने डा ओझाको धारणा थियो ।

शिक्षण अस्पतालमा उनको थाइराइडको उपचार डा प्रदीप श्रेष्ठको नेतृत्वमा भइरहेको छ ।

छोरीको न्यायका लागि भन्दै गत कात्तिकको अन्तिम साता देखि सामुहिक अनसन शुरु गरेका यज्ञराजको स्वास्थ्य अवस्था मंसिरको पहिलो सातादेखि विग्रिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *