सुदुरपश्चिम प्रदेशले औलो रोक्न भारतीय सिमावर्ती जिल्लामा हेल्थ डेस्क राख्दै

260
Shares
फाइल तस्विर : त्रिभुवन इन्टरनेशनल एयरपोर्ट हेल्थ डेस्क

कैलाली, २० असोज । सुदुरपश्चिम प्रदेशले दशैँका बेला भारतबाट घर फर्कने नेपालीहरुलाई नाकामा हेल्थ डेस्क स्थापना गरि औलोको जाँच गर्न सिमा जोडिएका जिल्लाहरुलाई निर्देशन दिएको छ । भारतको बरेली जिल्लामा औलोको महामारी फैलिएको भन्दै सुदुरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले सिमा जोडिएका चारवटा जिल्लालाई हेल्थ डेस्क राखी औलोृ जाँच गर्न निर्देशन दिएको हो ।

ती जिल्लाहरुमा कैलाली, कन्चनपुर, बैतडी र दार्चुला छन् ।

निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले भारतमा महामारीको रुप लिएको र सुदुरपश्चिमबाट रोजगारीका लागि भारत गएका नेपालीहरु दशै तिहारका बेला घर फर्कने क्रममा बढ्ने भएको हुनाले यस्तो निर्देशन दिएको बताए ।

उनले बैतडी अछाम डोटी, दार्चुला, डडेल्धुरा, बझाङ, बाजुरा, लगायतका जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई भारतबाट फर्कनेहरुमा विशेष सर्तकता अपनाउन र ज्वरो आएको थाह पाउनासाथ औलोको जाँच गर्न निर्देशन दिएका छन् । त्यसको समन्वय स्थानीय पालिकाहरुसंग गर्न समेत भनेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *