गौशाला : झाडापखालासम्बन्धी सचेतना अभियान

48
Shares

गौशाला, १६ असोज । जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा झाडापखालासम्बन्धी सचेतना जगाउने अभियान शुरु गरिएको छ ।

झाडापखालाबाट दुई जनाको मृत्यु र ३०० भन्दा बढी व्यक्ति प्रभावित भएपछि नेपाल रेडक्रस सोसाइटी महोत्तरीले सो गाउँमा झाडापखालासम्बन्धी सचेतना अभियान शुरु गरिएको हो ।

अभियानअन्तर्गत नेपाल रेडक्रस सोसाइटीले झाडापाखालाबाट प्रभावित नैन्ही गाउँसहित वरपरका सबै गाउँका विद्यालयमा झाडापखाला प्रकोप, यसबाट हुने क्षति तथा बच्ने उपायसम्बन्धी प्रशिक्षण दिइरहेको नेपाल रेडक्रस सोसाइटी महोत्तरीका सभापति दीपक मिश्रले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *