अफगानिस्तानामा पोलियो देखा प¥यो

108
Shares

कान्दाहार, २ असोज । अफगानिस्तानमा एक चौध महिने बालकमा पोलियो रोग देखा परेको छ । अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारको प्रान्तीय राजधानी कान्दाहार शहरबाट कैयौँ किलोमिटर उत्तरमा पर्ने इलाकामा एक बालकमा पोलियोको भाइरस रहेको देखिएको हो ।

अफगानिस्तानमा यस वर्षको सुरुदेखि हालसम्म ११ जनामा पोलियो रोगको भाइरस देखापरेको सार्वजनिक स्वास्थ्य अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

प्रान्तीय राजधानी कान्हादार सहरकबाट उत्तरमा पर्ने एक क्षेत्र लोया वियालीमा एघार महिनै एक बालकमा सो रोग देखापरेको प्रान्तीय स्वास्थ्य निर्देशक अब्दुल कयुम पाख्लाले जानकारी दिएका छन् ।

कान्दाहार शहरबाट कैयौँ किलोमिटर उत्तरमा पर्ने लोया वियालीमा खुल्ला शौचालयको प्रयोग हुने र सफा पानीको पनि अभाव भएको कारण सो रोग देखापरेको सरकारी अधिकारी जानकारी दिएका छन् ।

गत अगस्तको सुरुमा नै विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० र युनिसेफको अफगानिस्तानभरी सुरु गरेको पोलिया विरुद्धको खोपकोे अभियानमा अफगान सार्वजनिक स्वास्थ्य मन्त्रालयले पनि सहयोग गरेको थियो ।

पाँच दिनसम्म चलेको यस अभियानमा पाँच वर्षभन्दा मुनिका नौ लाख ९० बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइएको थियो । रासस/एपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *