पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन

0
Shares

pm koirala

काठमाडौँ- पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन भएको छ । मंगलबार विहान १२.५० बजे उनको आफ्नै निवास महाराजगञ्जमा निधन भएको हो ।

उनका निजी चिकित्सक डा. करबीरनाथ योगीका अनुसार  दमसम्बन्धि क्रोनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज (सीओपीडी) समस्याले एक्कासी च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको महाराजगञ्जमै निधन भएको हो ।

‘केही दिन देखि अलि अलि अस्वस्थ हुनुहुन्थ्यो घरमै उपचार भइरहेको थियो । राती एक्कासी समस्या देखापरयो,’ नेपाली हेल्थसग डा. योगीले भने ।

गतवर्ष करीब दुई महिना अमेरिका बसी क्यान्सरको उपचार गराएका कोइरालाले क्यान्सरलाई जितेर आएको बताएका थिए । तर उनमा सिओपिडीको समस्या भने यथावत थियो । कोइराला गतसाता मात्रै ७८ पुगेर ७९ बर्ष लागेका थिए । कोइरालाको जन्म १९३८ फेब्रअरी २ मा भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *