परिवार कल्याण महाशाखाको जिम्मेवारी डा. विच्छालाई

448
Shares

काठमाडौँ, ६ साउन । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको निर्देशकको जिम्मेवारी डा. आरपी बिच्छाले पाएका छन् । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. बिच्छालाई सो जिम्मेबारी दिएका हुन् ।

संघीयता कार्यान्वयनका क्रममा विभाग अन्तरगर्तको परिवार स्वास्थ्य महाशाखा र बाल स्वास्थ्य महाशाखालाई समेटने गरी परिवार कल्याण महाशाखा बनाइएको थियो ।

डा बिच्छा यसअघि सार्क क्षयरोग केन्द्रमा कार्यरत थिए ।

यसअघि बाल स्वास्थ्यमा निर्देशक रहेका डा विकास लामिछानेलाई मन्त्रालय तानिएको छ । यस्तै परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा तारा पोखरेललाई राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको जिम्मेबारी दिइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *