चुरोट विडीको खुल्ला विक्रीमा नगरपालिकाद्धारा रोक

100
Shares

धादिङ ५ साउन । नीलकण्ठ नगरपालिका वडा – ११ मा चुरोट बिडी जस्ता सूर्तिजन्य पदार्थको खुल्ला विक्री वितरणमा रोक लगाएको छ । वडा समितिको गत ९ असारको निर्णय बमोजिम गत १ साउन देखि चुरोट तथा विडी जस्ता सूर्तिजन्य पदार्थको खुल्ला विक्रीमा रोक लगाएको हो ।

वडा कार्यालयका सचिव उमेश विष्टद्धारा जारी विज्ञप्तीमा ११ नम्बर वडा पर्ने साविकको ज्यामरुङ गाविसका वडाहरु १,२,३,८ र ९ मा चुरोट बिडी जस्ता सूतिृजन्य पदार्थहरु बट्टा खोेलेर बिक्री वितरण गर्न पाइने छैन । त्यस्तै सो वडाका सार्वजनिक स्थलमा सूर्ति जन्य पदार्थको सेवन गर्न समेत निषेध गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘यस वडा भित्र सूर्तिजन्य तथा मदिराजन्य पदार्थ विक्री वितरणको लागि अनिवार्यरुपमा वडा कार्यालयसंग स्वीकृति लिनु पर्नेछ ।’

वडा कार्यालयका सचिव उमेश विष्टद्धारा जारी विज्ञप्तीमा व्यवसायीहरुले पनि मदिरा बेलुका ६ बजे देखि बेलुका ८ बजे सम्म मात्रै बिक्री गर्न पाउने भन्दै अन्यथा कारबाही हुने उल्लेख छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *