सार्वजनिक स्थानमा धूमपान गर्ने ११० जना प्रहरीको नियन्त्रणमा

21
Shares

No-Smoking_JGGC-1024x614

नेपाली हेल्थ / चितवन – सार्वजनिक स्थलमा धूमपान गर्दै हिड्ने ११० जना प्रहरीको नियन्त्रणमा परेका छन् । विश्व क्यान्सर दिवसको अवसर पारी जिल्ला प्रहरी कार्यालयले चलाएको सार्वजनिक स्थानमा धुम्रपान निषेध अभियानअन्तर्गत उनीहरु नियन्त्रणमा परेका हुन् ।

प्रहरीले नियन्त्रणमा लिइएकाहरुलाई सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ ले सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने बारेमा जानकारी गराएको थियो ।

जिल्ला प्रहरी प्रमुख बसन्त बहादुर कुँवरले नियन्त्रणमा लिइएकाहरुलाई सार्वजनिक स्थानमा धूमपान गर्न नपाइने बारेमा सचेत गराई पठाएको बताए । उनले पहिलो पटक नियन्त्रणमा लिइएका सबैले जानकारी अभाव भएको बताएकोले छाडिएको बताए ।

क्यान्सर रोगको प्रमुख कारक मानिने सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सरकारले सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने व्यवस्था गरेको छ । तर कार्यान्वयन भने प्रभावकारी रुपमा अझै हुनसकेको छैन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *