चितवन पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

चितवन, ३२ असार । स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले अनशनरत डा गोविन्द केसीका माग हुबहु पूरा गर्न नसकिने बताएकी छन् । पूर्ण खोप सुनिश्चित भरतपुर महानगरपालिका तथा चितवन जिल्ला घोषणा समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उनले केसीका सबै माग पूरा गर्न नसकिने बताइन्।

केसीका मागप्रति सरकार गम्भीर रहेको भन्दै उनले जायज माग पूरा गर्ने बताइन्। स्वास्थ्य क्षेत्रको बेथिति रोक्दै जनताको घरदैलोमा स्वास्थ्य सेवाको पहुँच पु¥याइने राज्यमन्त्री अर्याालको भनाइ थियो ।

अहिले पनि देशभरका दुई हजार ३१२ वटा वडामा स्वास्थ्य संस्था नभएको भन्दै उनले ती वडामा स्वास्थ्य सेवा पु¥याउने सरकारको पहिलो प्राथमिकता रहेको बताइन् ।

फरक प्रसंगमा उनले असारे विकासको परम्परालाई तोड्दै भदौबाटै विकास निर्माणका काम गर्ने परिपाटीको विकास गरिने उनले बताइन्।

कार्यक्रममा सांसद दिलकुमारी ९पार्वती० रावल, प्रदेश सांसद कृष्ण खनाल, गीता वाग्ले, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झालगायतले बोलेका थिए ।

सो अवसरमा शुरुमा भरतपुर महानगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरी जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो ।

कार्यक्रममा पूर्ण खोपयुक्त जिल्ला बनाउन सहयोग पु¥याउने विभिन्न व्यक्ति र संघ संस्थालाई सम्मान गरिएको थियो ।

जिल्लामा पहिलो पटक फूलबारी गाउँविकास समितिमा २०७१ साल असार १८ गते पूर्णखोपयुक्त गाउँ विकास समिति घोषणा गरिएको थियो । महानगरपालिकाको वडा नं– ६ बाहेक १ देखि १२ सम्मका ११ वटा वडालाई पूर्णखोपयुक्त वडा घोषणासँगै महानगरलाई पूर्ण खोपयुक्त महानगर घोषणा गरिएको हो । सो पश्चात् जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो ।

जिल्लामा सबै बालबालिकाले ती सबै खोप पाएको सर्वेक्षणबाट देखिएपछि जिल्ला पूर्ण खोपयुक्त घोषणा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाले बताए ।

जिल्लामा एक वर्षमा १४ हजार तीन सय बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ । हरेक महिना २२७ वटा खोप क्लिनिकबाट २५० खोप सेसन मार्फत् खोप सेवा प्रदान गरिँदै आएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *