डा. केसीको अनशनप्रति महाराजगञ्ज क्याम्पस स्ववियूको समर्थन
काठमाडौँ, २० असार । चिकित्सा क्याम्पस महाराजगञ्जको स्वतन्त्र विद्यार्थी युनियन स्ववियूले डा गोविन्द केसीको अनशनप्रति समर्थन जनाएको छ । स्ववियूले डा केसीको माग तत्काल सम्वोधन गर्न समेत सरकारसंग माग गरेको छ ।
स्ववियूद्धारा मंगलबार जारी विज्ञप्तीमा माफियाको जालो र सरकारको लाचारीपनले नेपालको स्वास्थ्य क्षेत्र बिग्रँदै गएको उल्लेख छ ।
स्ववियू अध्यक्ष डा. मिलन गैह्रेद्धारा विज्ञप्तीमा अगाडी भनिएको छ, ‘जथाभावि खुलेका अस्पताल र मापदण्ड नपुरयाइ केवल पैसा असुल्न सम्वन्धन दिइएका मेडिकल कलेजहरुले स्वास्थ्य क्षेत्र जीर्ण तुल्याएको छ ।अझ त्यसमाथि चिकित्सकहरुको जीवनमाथि नै खेलवाड गर्नका लागि लाद्न लागिएको प्रतिस्थापन विधेयकको समेत स्वतन्त्र विद्यार्थी युनियन घोर भत्र्सना गर्दछ ।’
स्ववियूले डा केसीको माग तत्काल सम्वोधन नगरे आफूहरु कडा आन्दोलनमा उत्रने समेत चेतावनी दिएको छ ।
डा केसी गत शनिबारदेखि जुम्लास्थित जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा अनशनरत छन् ।
सम्पर्क इमेल : [email protected]