डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै, छलफल गर्न डाक्टर गए प्रशासनमा

128
Shares

काठमाडौँ, १८ असार । जुम्लामा पुगेर आफ्नो १५ औँ अनशन शुरु गरेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको उनको हेरचाहमा खटिएका चिकित्सकहरुले बताएका छन् । डा केसी जुम्लास्थित जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा गत शनिबार अपरान्ह देखि अनशनमा छन् ।

हेरचाहमा खटिएका डाक्टर भुमेश काफ्लेका अनुसार चिसो भुईमै अनसन बसेका डा केसीको स्वास्थ्य अवस्था निकै नै कमजोर बनिसकेको छ । ‘२४ घण्टामा युरिन आउटपुट ३५० एमएल छ । पल्स पनि बढी रहेको छ । राती आफैले टाउको दुख्यो छाती दुख्यो भन्नु भएको थियो,’ डा काफ्लेले भने ।

कवर्ड हलमा खुल्ला तथा फोहर ठाँउ भएकोले सलाइन चडाउन समेत सेप्सीस हुने डरले शुरु नगरेको डा काफ्लेले बताए ।
त्यसो त डाक्टर केसी स्वय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्ने योजनाका साथ जुम्ला पुगेका हुन् । उनी त्यहाँ नपुग्दै स्थानीय प्रशासनले प्रतिष्ठानमा निशेधित क्षेत्र घोषणा गर्दै उनको योजना खल्बल्याइदिएको हो ।

‘आज पनि हाम्रो डाक्टर साथीहरु स्थानीय प्रशासनसंग छलफल गर्न त्यस तर्फ जानु भएको छ । हामीले प्रतिष्ठानमै लैजानुपर्छ भनेका छौँ,’  डा काफ्लेले भने ।

डा केसीको हेरचाहमा डा काफ्लेसंगै डा हेमन्त चौधरी, नर्स सविता मरहठ्ठा र गुन्जन रावल खटिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *