झापा कृष्ठरोगको उच्च जोखिममा

48
Shares

दमक, ३ असार ९। झापा जिल्ला कुष्ठरोगको जोखिममा रहेको सरोकारवालाले औँल्याएका छन् । पछिल्लो सरकारी तथ्यांकले जिल्लामा कुष्ठरोगको अवस्था उच्च देखिएको छ ।

कुष्ठरोग निवारणसम्बन्धी कार्यरत जिल्लाको कुष्ठरोग रोकथाम कार्यक्रमका सुपरभाइजर पर्शुराम पोख्रेलका अनुसार नेपालबाट उन्मूलन भइसके पनि झापामा अझै कुष्ठरोगको जोखिम रहेको पाइएको छ । जिल्लाका भद्रपुर, विर्तामोड, दमक, शिवसताक्षी, अर्जुनधारा, बुद्धशान्ति लगायतका क्षेत्रमा कुष्ठरोगको बढी जोखिम पाइएको उनले जानकारी दिए । पोख्रेल भन्छन्, “भारतसँग जोडिएका जिल्लाका शहर, बस्तीमा कुष्ठरोग चुनौतीका रुपमा देखिएको छ ।”

पोख्रेलका अनुसार जिल्लामा गएको ४ वर्षको अवधिमा ७५८ जना कुष्ठरोगी फेला परेको र तीमध्ये अहिले १५९ जनाले नियमित रुपमा औषधि सेवन गरिरहेका छन् । जिल्लामा २ वर्षमाथि देखि १०३ वर्षका मानिसलाई सर्ने खालको कुष्ठरोग भेटिएको पोख्रेल बताउछन् । जिल्लामा कुष्ठरोग निवारण गर्ने उद्देश्यले झापाका १५ वटै स्थानीय तहका कार्यालयले खोजपड्ताल अभियान शुरु गरिएको छ ।

यसैबीच, दमक नगरपालिकाकाले असार ६ देखि १० गतेसम्म नयाँ कुष्ठरोगीको खोजपड्ताल कार्यक्रम शुरु गर्ने भएको नगर स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले जानकारी दिए । अर्यालले खोजपड्तालमा महिला र पुरुष गरी १० वटै वडामा स्वास्थ्यकर्मीहरुको टोलीलाई तालीम प्रदान गरी वडावडाका घरघरमा खटाउन लागिएको बताए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *