सोलुखुम्बु : पोलिक्लिनिकमा विपन्न वर्गलाई निःशुल्क उपचार

60
Shares

सोलुखुम्बु, २ असार । जिल्लामा पहिलो पटक सुविधा सम्पन्न पोलिक्लिनिक सञ्चालनमा आएको छ ।

‘सोलुहेल्थ केयर सेन्टर’ नामको पोलिक्लिनिकको प्रतिनिधिसभा सांसद हेमकुमार राईले शुक्रबार उद्घाटन गर्दै स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सम्पूर्ण सेवासुविधा सहज रुपमा पाउनु नागरिकको अधिकार भएको बताए ।

जिल्लामा रहेको एक मात्र सोलु अस्पताल फाप्लुमा उपचार गर्न नसकिने अवस्थामा पोलिक्लिनिकले सेवा दिन सक्ने बताइएको छ ।

सिटिस्क्यानबाहेक अन्य सबै जाँच डिजिटल प्रविधिबाट गर्न सकिने पोलिक्लिनिकका प्रबन्ध निर्देशक डा राजेन्द्र बस्नेतले बताए । यसअघि जिल्लाकै सोलु अस्पतालमा दुई वर्ष सेवा प्रदान गरेका डा बस्नेतले भने, “सामान्य जाँचका लागि उपकरण नहँुदा बाहिर जिल्लालगायत काठमाडाँै जानुपर्ने बाध्यता थियो, यसको अन्त्य गर्ने उद्देश्यसहित पोलिक्लिनिक सञ्चालन गरेका हौँ ।”

साठी वर्षमाथिका उमेर समूहलाई उपचारमा ५० प्रतिशत सहुलियत र विपन्न वर्ग भनी प्रमाणित भएमा निःशुल्क उपचार सेवा प्रदान गरिने तथा औषधिसमेत काठमाडौँकै दरमा उपलब्ध गराउनेसोलु हेल्थ केयर सेन्टरका सञ्चालक क्षितिज नकर्मीले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले निजी क्षेत्रबाट सञ्चालन हुने विभिन्न स्वास्थ्य संस्थालाई कानूनविपरीत कार्य नगर्न आग्रह गरे । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *