बाजुरा : बडीमालिका नगरपालिकाले उपचार सहायता कोष स्थापना गर्ने

52
Shares

बाजुरा, ३१ जेठ । बाजुराको बडीमालिका नगरपालिकाले उपचार सहायता कोष स्थापना गर्ने भएको छ ।

नगरपालिकाभित्र रहेका विपन्न गरीब र असहाय व्यक्तिलाई आर्थिक अभावमा उपचार गर्न नपाएकाका लागि उक्त कोषको स्थापना गर्न लागिएको बडीमालिका नगरपालिकाका नगर प्रमुुख पदम बडुवालले बताए ।

जिल्लाको सदरमुकामभित्र रहेको नगरपालिकामा आर्थिक अभावले उपचार नपाएर मृत्यु हुने गरेको र कतिपयले जीवनभरि अपांगताका साथ बाँच्नुपर्ने बाध्यतालाई हटाउन कोष स्थापना गर्ने नगरपालिकाले निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दामोदर जोशीले जानकारी दिए ।

विपद्मा परेका र अन्य दुर्घटनामा परेकाको उपचार गर्नका लागि मस्यौदा गर्न कार्यदल बनाएको छ । उपचार सहायता कोषका लागि मस्यौदा कार्यदल बनाइएको बडीमालिका नगरपालिकाले जनाएको छ ।

उपचार सहायता कोष निर्माणका लागि मस्यौदा बनाई प्रक्रियामा ल्याएर कोष स्थापना गरिने बताइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *