‘हेल्लो वीर अस्पताल !’ शुरु गर्ने सरकारको तयारी

काठमाडौँ, १७ जेठ । सरकारले वीर अस्पतालको सेवाबारे गुनासो तथा सुझाव दिनका लागि हटलाइन सेवा ‘हेल्लो वीर अस्पताल !’ शुरु गर्ने भएको छ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले अस्पतालको सेवालाई चुस्त र व्यवस्थित गर्न ‘हेल्लो वीर अस्पताल’ नामक हटलाइन सेवा शुरु गर्ने बताइन ।

उनले सो हटलाइन टेलिफोनमा सेवाग्राहीले आफ्ना सुझाव तथा गुनासा राख्ने र त्यसको तत्काल कार्यान्यवयन हुने समेत जानकारी दिइन ।
अस्पताल सरसफाई कार्यक्रमको अवस्थाबारे जानकारी दिन आज वीर अस्पतलामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सरकारी अस्पताललाई नमूना वनाउने अभियानको सुरुवात भएको भन्दै यसलाई देशव्यापी बनाउने बताइन ।

उनले मन्त्रालय, अस्पताल तथा धुर्मुस सुन्तली फाउन्डेसन तथा खेम्स क्लिनिकको त्रिपक्षीय सझौँताबाट सरसफाई कार्यक्रम अघि बढेको भन्दै अभियान सार्थकता तर्फ अघि बढेको दावी गरिन ।

चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले मन्त्रालय, अस्पताल र सामाजिक अभियन्ताका सहयोगमा वीरले काँचुली फेरेको भन्दै धुर्मुस सुन्तली तथा खेम्स क्लिनिकको सराहना गरे ।

कार्यक्रममा धुर्मुस सुन्तली फाउन्डेसनका तर्फबाट बोल्दै सिताराम कट्टेल धुर्मुसले त्रिपक्षीय समझदारीले अस्पताल सरसफाईको काममा हात हालेको बताए । उनले आफ्नो अभियानमा आम सर्वसाधारणले स्वतस्फूर्त सहयोग गरिरहेको जानकारी दिए । अहिलेसम्म ८२ जना पेन्टरले काम गरिसकेको भन्दै रंग रोगनमा ४८ लाख ६४ हजार ३४४ रुपैयाँ खर्च भएको बताए ।

वीर अस्पतालको सरसफाईमा २६ दिन बिताएका धुर्मुसले आफ्नो अनुभव यसरी सुनाए

कार्यक्रममा वीर अस्पतालको सरसफाईमा २६ दिन बिताएका धुर्मुसले आफ्नो अनुभव सुनाएका थिए । सफा मात्रै गर्ने योजना भएपनि भित्तामा फोहर तथा मर्मत नगरी राम्रो नदेखिने भएपछि आफूहरुले मन्त्रालय र अस्पतालको सल्लाहमै कलर गर्न शुरु गरेको बताए ।

उनले के भने  ? हेर्नुहोस भिडियो

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *