झाडापखाला लागेकाहरुको स्वास्थ्य अवस्था सामान्य उन्मुख

72
Shares
उपचार गराउँदै झाडापखालाका विरामी : दाङको शान्तिनगर गाँउपालिका वडा नंं ३ का झाडापखालबाट प्रभावित विरामीहरु अञ्चल अस्पताल तुलसीपुरमा उपचार गराउँदै । पातेटाकुरा, मानेचौतारी र गाटोलमा हिजो राति देखि फैलीएको झाडापखाल प्रकोप बाट दुई सय बढी विरामी प्रभावित भएको छ । तस्वीर : बालाराम खडका रासस दाङ

दाङ, १३ जेठ । पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ र ४ मा पर्ने पातेटाकुरामा पखालाका कारण बिरामी परेकाहरुको अवस्था अहिले सामान्य बन्दै गएको छ । गए राति १ बजेसम्म सो गाउँका ४१९ जना पखालाबाट बिरामी परेका थिए ।

तीमध्ये गम्भीर बिरामी ४१ जनालाई राप्ती अञ्चल अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो । राप्ती अञ्चल अस्पतालले एक जना बिरामीको कोहलपुर शिक्षण अस्पताल रिफर गरेको थियो । अन्य ४० बिरामीमध्ये २९ जनाको राप्ती अञ्चल र बाँकीको तुलसीपुरमा रहेको सिटी अस्पतालमा उपचार भइरहेको छ । बाँकी बिरामीलाई शान्तिनगर गाउँपालिकाको चिराघाट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

पखालबाट बिरामी परेको खबर पाएलगत्तै राप्ती अञ्चल अस्पताल तुलसीपुर, सदरमुकाम घोराहीबाट स्वास्थ्यकर्मीको टोली उपचारका लागि परिचालन गरिएको थियो । बिरामीमा अधिकांश महिला रहेका छन् । मुहानको पानी दूषित हुँदा पखाला लागेको उपचारमा संलग्न डा. हेमन्त कर्माचार्यले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *