मेदान्तामा उपचाररत राष्ट्रकवि घिमिरेको स्वास्थ्य सुधारोन्मुख

104
Shares

काठमाडौँ, ११ जेठ । भारतको नयाँ दिल्लीस्थित मेदान्ता अस्पतालमा उपचाररत राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । उपचारमा सम्लग्न चिकित्सकलाई उदृत गर्दै दिल्लीस्थित नेपाली दुतावासले आज जारी गरेको विज्ञप्तीमा घिमिरेको स्वास्थ्य सुधारोन्मुख देखिएको उल्लेख छ ।

ग्राण्डी अस्पतालमा उपचाररत ९९ बर्षीय राष्ट्रकवि घिमिरेलाई गत ९ जेठमा थप उपचारका लागि दिल्लीस्थित मेदान्ता अस्पताल लगिएको थियो । मेदान्तामा उनलाई हाइकियर युनिटमा राखेर उपचार गरिएको छ ।

मेदान्तामा चिकित्सकहरुले राष्ट्रकवि घिघिरेको इन्डोस्कोपी, कोलोनोस्कोपी, क्याप्सुल इन्डोस्कोपी विधि प्रयोग गरेका थिए । अस्पतालका निर्देशक डा . नरेश वेहान तथा उपचारमा सम्लग्न चिकित्सक डा. रणधिर सुदले घिमिरेको अवस्था सुधारोन्मुख भएको बताएका छन् । उनीहरुले उपचार भने केही दिन जारी रहने उल्लेख गरेका छन् ।

राष्ट्रकवि घिमिरेको सम्पूर्ण उपचार खर्च सरकारले वहोर्ने निर्णय भइसकेको छ । दिल्लीस्थित नेपाली दुतावासले घिमिरेको उपचारको बारेमा अस्पतालसंग निरन्तर सम्पर्कमा रहेको समेत जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *