मेदान्तामा उपचाररत राष्ट्रकवि घिमिरेको स्वास्थ्य सुधारोन्मुख
काठमाडौँ, ११ जेठ । भारतको नयाँ दिल्लीस्थित मेदान्ता अस्पतालमा उपचाररत राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । उपचारमा सम्लग्न चिकित्सकलाई उदृत गर्दै दिल्लीस्थित नेपाली दुतावासले आज जारी गरेको विज्ञप्तीमा घिमिरेको स्वास्थ्य सुधारोन्मुख देखिएको उल्लेख छ ।
ग्राण्डी अस्पतालमा उपचाररत ९९ बर्षीय राष्ट्रकवि घिमिरेलाई गत ९ जेठमा थप उपचारका लागि दिल्लीस्थित मेदान्ता अस्पताल लगिएको थियो । मेदान्तामा उनलाई हाइकियर युनिटमा राखेर उपचार गरिएको छ ।
मेदान्तामा चिकित्सकहरुले राष्ट्रकवि घिघिरेको इन्डोस्कोपी, कोलोनोस्कोपी, क्याप्सुल इन्डोस्कोपी विधि प्रयोग गरेका थिए । अस्पतालका निर्देशक डा . नरेश वेहान तथा उपचारमा सम्लग्न चिकित्सक डा. रणधिर सुदले घिमिरेको अवस्था सुधारोन्मुख भएको बताएका छन् । उनीहरुले उपचार भने केही दिन जारी रहने उल्लेख गरेका छन् ।
राष्ट्रकवि घिमिरेको सम्पूर्ण उपचार खर्च सरकारले वहोर्ने निर्णय भइसकेको छ । दिल्लीस्थित नेपाली दुतावासले घिमिरेको उपचारको बारेमा अस्पतालसंग निरन्तर सम्पर्कमा रहेको समेत जनाएको छ ।
सम्पर्क इमेल : [email protected]