बैदेशिक रोजगारीमा जाँनेहरुमा नि:सन्तानको बढी समस्या ?

220
Shares

काठमाडौँ, ६ जेठ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसंगै नेपालमा निसन्तान हुने समस्या समेत बढ्न थालेको विज्ञहरुले बताएका छन् । उनीहरुले निसन्तान समस्या रोक्नका लागि सरकार तथा सरोकारवालाहरुलाई ध्यान दिन आग्रह गरेका छन् ।

टेष्ट्युव बेवी पद्धतीका बारेमा ओम अस्पतालले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अस्पतालकी बरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा सविना श्रेष्ठले निसन्तान सम्वन्धी समस्या बढ्नुमा वैदेशिक रोजगारीमा युवाहरुको सहभागीता बढ्नु मुख्य कारण रहेको बताइन ।

उनले भनिन्, ‘खाडीमा लामो समय विताएर आएका कतिपय युवाहरुमा यो समस्या बढ्दो छ । कारण के भने, लामो समय परिवारबाट विच्छेत भई बसेका पुरुषहरुमा शुक्रकिटको गुणस्तरमा समेत समस्या आउन सक्छ । दुई तीन महिना पछि जब शुक्रकिट गुणस्तरीय बन्न थाल्छ त्यतिवेला उनीहरु विदा मनाएर फर्किसकेका हुन्छन् । यसले निसन्तानको समस्या बढेको हो ।’

उनले खानपान, जीवनशैली, हावापानी वातावरणले पनि निसन्तान हुने नहुनेमा अर्थ राख्ने बताइन । उनले यस्तो समस्या समाधानका लागि टेष्ट्युव बेवी पद्धती विकल्प हुनसक्ने बताइन ।

कार्यक्रममा बोल्दै ओम अस्पतालका डा. भोला रिजालले टेष्ट्युव बेवी पद्धतीबाट सेवा लिनेहरुको संख्या दिनानुदिन बढेको भन्दै पहुँचका हिसावले उपल्लो बर्गका व्यक्ति मात्रै यो सेवामा समेटिएको बताए । उनले अब आर्थिक अभाव कमजोर भएका गरीव तथा विपन्न परिवारमा समेत यो सेवा पुर्याउने आफूहरुको लक्ष्य रहेको बताए ।

त्यसो त डा रिजाल नेपालको टेष्ट्युव बेवी सेवा शुरु गर्ने पहिला व्यक्ति हुन् । उनकै नेतृत्वमा नेपालको पहिलो टेष्ट्युव बेवीको रुपमा १६ बर्ष अघि ओममणी तामाङको जन्म भएको थियो ।

कार्यक्रममा भारतका टेष्ट्युव बेवी विज्ञ डा जतिन शाहले आइयुआइ सम्बन्धी अन्तराष्ट्रिय स्तरमा भए गरेका कामहरुका बारेमा जानकारी दिए । आइयुआइ पद्धतीलाई कसरी प्रभावकारी बनाएर लैजान सकिन्छ भन्नेमा अन्तराष्ट्रिय जगतमा भए गरेका कामहरुका आधारमा जानकारी गराए ।

कार्यक्रममा डा रिजालले सन् २०१८ जुलाई सम्ममा ओम अस्पतालमा टेष्ट्युव बेवी पद्धतीबाट जन्मने बालबालिकाको संख्या एक हजार पुग्ने भन्दै टेष्ट्युव बेवी पद्धतीबाट जन्मिएका बच्चाहरुको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *