उपचारलाई थप प्रभावकारी बनाउन कान्तिपुरको समिक्षा

0
Shares

kdc&general

नेपाली हेल्थ / काठमाडौँ-बसुन्धरामा रहेको कान्तिपुर जनरल अस्पतालले विरामीको उपचारमा थप प्रभावकारी बनाउन चिकित्सक तथा सरोकारवालासंग छलफल गरेको छ । अस्पतालले आवश्यकता अनुसार निकट भविस्यमै अस्पतालको सेवा स्तरउन्नती गर्ने जनाएको छ ।

शुक्रबार अस्पतालद्धारा आयोजित समिक्षा कार्यक्रममा आफ्ना सहित विभिन्न अस्तपालबाट आएका चिकित्सक, नर्स, प्यारामेडिक्स तथा अस्पताल कर्मचारीको उपस्थिति थियो । सो अवसरमा अस्पतालले दिएको बर्तमान सेवा र भविस्यमा सुरु गर्न लागिएको थप सेवाका बारेमा जानकारी दिएको थियो ।

अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले जनरल अस्पताल सञ्चालन भएको डेढ वर्षको अवधीमा विरामीलाई उत्कृष्ठ सेवा दिन सफल भएको भन्दै चिकित्सक, नर्स तथा प्यारामेडिक्सको प्रसंशा गरे । उनले विरामीको चाप र मागका आधारमा अस्पतालले थप उपचार सेवा सुविधा उपलव्ध गराउन लागेको जानकारी दिए । उनले पछिल्लो समयमा अस्पतालले मृगौला फेल भएकाहरुलाई डाइलासिस सुविधा थप गरेको र अव भविस्यमा सिटिस्क्यान सुविधा समेत सुरु गर्ने बताए ।

कार्यक्रममा विभिन्न अस्पतालका चिकित्सकहरुले अस्पतालले गरेको काम र थप गर्नुपर्ने कामका बारेमा सुझाव दिएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *