ठूलो परिवार बनाउने सोखमा थाई महिलाका कोख भाडामा, जन्मिए एउटै बाबुका १६ सन्तान

76
Shares

थाइल्याण्ड । थाइल्याण्डको एउटा अदालतले कोख भाडामा दिने आमाहरूबाट कम्तीमा १६ जना सन्तान जन्माएका एक जापानी पुरूषलाई १३ सन्तानको पूर्णजिम्मेवारी दिने फैसला सुनाएको छ ।

साढे तीन वर्षयता ती बालबालिकाहरुलाई थाइ सरकारले हेर्दै आएको थियो । थाइ महिलालाई कोख भाडामा लगाएबापत विदेशीले रकम तिर्ने गरेको र कोख भाडामा लगाउने व्यवसाय व्यापकरूपमा विस्तार भएको खुलासा भएपछि सरकारी अधिकारीले हस्तक्षेप गरेका थिए ।

यसैक्रममा डिएनए परीक्षणले प्रविधि क्षेत्रका एक जना अर्वपतिका छोरा मित्सुतोकी सिगेताले कोख भाडामा लिएर कम्तीमा १६ सन्तान जन्माएको देखाएको थियो ।

तीन वर्षअघि मित्सुतोकी सिगेता एक जना नवजात बालकसहित थाइल्याण्डबाट बाहिरिन लागेको एउटा धमिलो तस्वीर प्रकाशित भएपछि उनले कोख भाडामा लिएर किन यति धैरै सन्तान जन्माइरहेका छन् सत्य पत्ता लागेको थियो ।

तर उनका वकिलले उनले एउटा ठूलो परिवार चाहेको र एकजना धनाढ्य जापानी व्यापारीको छोरा भएको हैसियतमा उनले तिनीहरूलाई राम्रोसँग भविष्य दिन सक्ने तर्क दिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *