राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्टारमा प्याकुरेल
काठमाडौँ, १३ माघ । स्वास्थ्य मन्त्री दीपक बोहराले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्टार पदमा रामप्रसाद प्याकुरेललाई नियुक्ति गरेका छन् । प्रतिष्ठानको उपकुलपति डा. संगिता भण्डारीको सिफारिसमा मन्त्री बोहराले गत विहीबार मन्त्रीस्तरीय निर्णय गर्दै प्याकुरेललाई नियुक्ती गर्ने निर्णय गरेका हुन् ।
यद्धपी उनको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार प्याकुरेल विगत देखि नै डा भण्डारीको नजिक रहेर काम गर्ने व्यक्ति हुन् ।उनको नाम आइतबार मात्रै सार्वजनिक गर्ने बताइएको छ ।
विहीबारकै मन्त्रीस्तरीय निर्णय मार्फत गरिएको प्रतिष्ठानको रेक्टर र डीन पदको नियुक्ति भने शुक्रबार नै सार्वजनिक गरिएको छ । मन्त्री बोहराले रेक्टर पदमा प्राडा रतिन्द्रनाथ श्रेष्ठ र डीन पदमा प्राडा रितु बराल नियुक्त गरेका हुन् ।
सम्पर्क इमेल : [email protected]