क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका विरामीलाई जीवन निर्वाह आजबाट दिइदै

16
Shares

काठमाडौँ, ११ माघ । सरकारले क्यान्सर रोगको उपचार गराईरहेका, मिर्गौला फेल भई डायलासिस गराईरहेका र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीमा लागि दिने भनेको मासिक ५ हजार रुपैयाँ (जीवन निर्वाह भत्ता ) आजबाट कार्यान्वयनमा ल्याउने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बीर अस्पताल पुगेर सो भत्ता वितरण गर्ने स्वास्थ्यमन्त्री दीपक बोहराले जानकारी दिए ।

उनले भने, ‘हामीले मिर्गौला, क्यान्सर र स्पाइनर इन्जुरीका विरामीलाई दिन लागेको ५ हजार जीवननिर्वाह भत्ता आज बाट वितरण गरिन लागिएको हो, आज ४ बजे ट्रमा सेन्टरमा प्रधानमन्त्री ज्यूको हातबाट वितरण गरेर यो कार्यक्रमको उद्घाटन हुन्छ।’

मन्त्री बोहोराले त्यसका लागि आवश्यक तयारी पूरा भएको आज ट्रमा सेन्टरबाट वितरण सुरु गरेपछी देशका सम्पूर्ण जिल्ला जनस्वास्थ्य कार्यलयबाट सो रकम वितरण मन्त्री बोहोराले जानकारी दिए।

मन्त्री बोहराले भत्ताका लागि पहिलो किस्ता स्वरुप १२ करोड रुपैयाँ अर्थले स्वास्थ्य मन्त्रालयमा निकासा पठाएको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *