उत्तरी चीनमा ‘विषाक्त खाना’का कारण ९० शिशु विरामी

28
Shares

शिजिआझुआङ, चीन, ८ माघ । उत्तरी चीनको हेवेई प्रान्तमा ‘बिषाक्त खाना’ खाएर विरामी परेको शङ्कामा ९० जना पूर्वप्राथमिक विद्यालयस्तरका बालबालिकालाई अस्पताल भर्ना गरिएको स्थानीय सरकारले सोमबार जनाएको छ ।

लिङशाओ काउन्टीको प्रान्तीय राजधानीमा रहेको एक निजी विद्यालयमा शिशुहरूले दिउसोको खाना खाएपछि बिरामी परेका थिए ।

शिशुहरूको स्वास्थ्य निगरानी तथा उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको स्वास्थ्यस्थिति स्थिर रहेको बताइएको छ । उनीहरूको खानामा भूलबस नियमित नूनको सट्टामा नाइट्राइट धुलो परेको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि अस्पतालले बताएको छ ।

स्थानीय स्वस्थ्य, शैक्षिक, सार्वजनिक सुरक्षा तथा बजार अनुगमन विभागले घटनाबारे थप अनुसन्धान अघि बढाएका छन् । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *