जाम्बियामा रोकिएन हैजा

36
Shares

लुसाका, २५ पुस । जाम्बिायाको राजधानी लुसाकामा हैजाका कारण गत महिनायता कम्तीमा पनि ३० जनाको मृत्यु भएको थियो । तर अहिलेसम्म पनि हैजाको प्रकोप रोकिएको छैन ।

यो सङ्क्रमणबाट गत अक्टोबरदेखि अहिलेसम्म ३० जनाको मृत्युभएको स्वास्थ्य अधिकारीले मङ्गलबार जनाएका छन् ।

हैजाको सङ्क्रमण भएका सयौँ जना बिरामी अस्पताल भर्ना भएका पनि बताइएको छ । स्वास्थ्य मन्त्रालयले योसँगै हैजाबाट प्रभावित भएकाको संख्या करिब एक हजार पुगेको जनाइएको छ ।

हैजाको प्रकोप अझै फैलिने खतरा रहेकोले गम्भीररुपमा यसको निराकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

विश्व स्वास्थ्य संगठनले आगामी दिनमा पनि झाडापखालाको प्रकोप अझ बढ्न सक्ने चेतावनी दिएको छ । संगठनले वर्षा याममा यस्ता बिरामी बढ्नेतर्फ ध्यानाकर्षण पनि गराएको छ ।

उक्त संगठनले हैजाको प्रकोप अझ नबढोस् भनेर विभिन्न कार्यक्रम सञ्चालन गर्न र आगामी दिनमा सफा पानीको उपलब्धताको सुनिश्चित गर्न पनि आग्रह गरेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *