भूकम्प पिडीतको स्वास्थ्य जाँचसंगै कम्बल वितरण

0
Shares

IMG_4691

नेपाली हेल्थ/ सिन्धुपाल्चोक –चिसोले कठ्याङग्रीएका पिस्कर र धुस्कुन गाविसका ३ सय भन्दा बढी भूकम्प पिडीतको निशुल्क स्वास्थ्य जाँच गरिएको छ । सोही कार्यक्रममा करीब तीन सय जनालाई कम्बल तथा एक सय बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ ।

मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य प्रतिष्ठान पुल्चोक ललितपुरबाट खटिएको टोलीले शुक्रबार पिस्कर हेल्थपोष्टमा स्वास्थ्य शिविर तथा राहत वितरण कार्यक्रम आयोजना गरेको थियो ।

सो शिबिरमा मृगौला रोग, मुटुरोग, स्त्रीरोग , बालरोग, सामान्य सल्यक्रियाको सेवा उपलव्ध गराइएको थियो । आवश्यक पर्नेलाई निशुल्क औषधि वितरणको साथै पिसाव जाँच तथा पेटको भिडियो एक्सरे सेवा समेत प्रदान गरिएको थियो ।

आयोजकका अनुसार शिबिरमा आएका गर्भवती तथा सुत्केरी महिला र बृद्धबृद्धाहलाई विशेष सेवा प्रदान गरिएको थियो । मानब अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा बरिष्ठ मृगौला प्रत्यारोपणविद् डा पुकार चन्द्र श्रेष्ठ सहित  उक्त सिविरमा बरिष्ठ नेफ्रोलोजिष्ठ डा. कल्पना श्रेष्ठ तथा डा.लुसब सिंह, मुटुरोग विशेषज्ञ डा. प्रेमराज बैद्य, स्त्रीरोग विशेषज्ञ डा. सुशीला बैद्य, सर्जन डा. प्रवीण जोशी, ऐनेस्थेसियोलोजिष्ठ डा. महालक्ष्मी देउजा रेडियोलोजिष्ट डा. मोनिका श्रेष्ठ, मेडिकल अफिसर डा. नबदित यादव, डा. एन्जीला राई लगायतका चिकित्सकहरु सहभागी थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *