विश्व प्रसिद्ध औषधि कम्पनीका मालिक जोडीको रहस्यमय मृत्यु

184
Shares

बीबीसी । हनी र ब्यारी शेरम्यान परोपकारी कोष संकलनका लागि प्रख्यात थिए । व्यापारी शेरम्यान विशाल औषधी कम्पनी ‘एपोटेक्स’का संस्थापक र अध्यक्ष थिए।

प्रहरीले उनीहरुको मृत्युलाई शंकास्पद भनेको छ। उनीहरुको शव तल्लो तला (बेसमेन्ट)मा फेला परेको बताइएको छ। एपोटेक्सका औषधी संसारभर बेचिन्छन्।

परोपकारी
व्यापारी शेरम्यान क्यानडाका धनीहरुमध्ये एक थिए र प्रख्यात परोपकारी पनि थिए। प्रहरीले घटना लगत्तै केही विवरण दिए पनि उनीहरुको परिचय खुलाएको थिएन।

तर स्थानीयबासी, मित्रहरु र एपोटेक्सका अधिकारीहरुले स्तब्ध भएका समाचारहरु सामाजिक सञ्जालमा राखेका थिए। एपोटेक्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’हामी सबै स्तब्ध र दुखी भएका छौं।’ उनीहरुका चार छोराछोरी छन्।

एपोटेक्स सन् १९७४ मा स्थापना भएको थियो र एपोटेक्सकै अनुसार अहिले संसारमा उ सातौं ठूलो औषधी निर्माता कम्पनी हो।

फोर्ब्स म्यागेजिनले शेरम्यानको व्यक्तिगत सम्पत्ति ३.२ अर्ब डलर रहेको बताउँछ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *