पत्नीको उपचारमा जान अनुमति माग्दै शरीफ विशेष अदालतमा

92
Shares

इश्लामावाद, ७मङसिर । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफले बेलायतको राजधानी लण्डनस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी पत्नीको उपचारका लागि बेलायत जान पाउने गरी उनीमाथि लागेको भ्रष्टाचार आरोपको सुनुवाईमा अनुपस्थित रहन छुट दिन अनुमति मागेका छन् ।

शरीफ पत्नी कुलसुमलाई क्यान्सरको समस्या देखिएपछि विगत केही समयदेखि उपचारका लागि बेलायतमा रहँदै आएका छन् ।

शरीफका वकीलले बुधबार इश्लामावादस्थित विशेष अदालतमा भ्रष्टाचार मुद्दाको सुनुवाईमा पूर्व प्रधानमन्त्री शरीफलाई अनुपश्थित रहन दिनका लागि गरेको अनुरोधलाई न्यायाधीस मोहम्मद बसीरले सुनेको तर यसबारे कुनै निर्णय नदिएको बताइएको छ । शरीफलाई विदेश जाने अनुमति दिनका लागि गरेको आग्रहलाई नोभेम्बर २८ सम्मका लागि अदालतले स्थगित गरेको उल्लेख गरिएको छ ।

पानामेली कानूनी फर्ममार्फत चुहिएको सूचनाका आधारमा शरीफ, उनकी छोरी र ज्वाँइलाई पदीय मर्यादा विपरित विदेशमा लगानी गरेको भनी भ्रष्टाचार आरोप लगाइएको थियो । भ्रष्टाचार आरोपपछि पाकिस्तानी एक अदालतले प्रधानमन्त्रीमा बस्न अयोग्य ठहर गरपछि पूर्वप्रधानमन्त्री शरीफ पदबाट हटेका थिए । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *