विश्व स्वास्थ्य संगठनद्वारा क्षयरोग नियन्त्रण प्रयास कमी भएको भन्दै चिन्ता व्यक्त

48
Shares

जेनेभा, स्वीट्जरल्याण्ड, १४ कात्तिक । विश्वभर क्षयरोगको नियन्त्रण गर्न गरिएका प्रयास अझै अपुग भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एक प्रतिवेदन सार्वजनिक गर्दै सोमबार गहिरो चासो व्यक्त गरेको छ ।

विश्व स्वास्थ्य संगठनले भनेको छ, “क्षयरोग अझै धेरै देशका लागि ठूलो समस्या (भार) बनेको छ । ”
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर रोगका कारण अकालमा हुने मृत्युमा क्षयरोग नवौँ मुख्य कारण रहेको छ । विश्वभर एचआइभी एड्सका कारणले भन्दा क्षयरोगले धेरै व्यक्तिको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले देखाएको छ ।

सन् २०१६ मा क्षयरोगका कारण एक करोड चार लाख व्यक्ति क्षयरोगका कारण विरामी परेका र यसमध्ये १६ लाख ७० हजार व्यक्तिको निधन भएको विश्व स्वास्थ्य संगठनको विश्वको क्षयरोग समस्याबारे सन् २०१७ मा गरेको अध्ययनले जनाएको छ ।

यसैबीच डब्लुएचओ को क्षयरोग अन्त्यको रणनीति तथा संयुक्त राष्ट्रसंघ द्वीगो विकास लक्ष्य कार्यक्रमले सन् २०३० सम्म क्षयरोगको समस्या अहिलेको तुलनामा ९० प्रतिशतले घट्ने जनाएको छ ।

विश्वभर प्रतिबर्ष दुई देखि तीन प्रतिशतका दरले क्षयरोगको समस्या कम बनेको भएपनि यो नै सन्तोषजनक नतिजा नभएको क्षयरोग अन्त्य रणनीति कार्यक्रमको भनाई छ । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *