अमिताभ बच्चनको कलेजो ७५ प्रतिशत खराब ?

520
Shares

एजेन्सी –  बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो कलेजोको २५ प्रतिशतले मात्र काम गरिरहेको खुलासा गरेका छन् । हालै मुम्बईमा आयोजित हेपाटाइटिस रोगसम्बन्धी कार्यक्रममा सहभागी भएका उनले यो कुरा बताएका हुन् ।

‘मलाई कलेजोको यस्तो रोग छ, जो अधिक मदिरा सेवन गर्नेहरूलाई हुने गर्छ,’ अमिताभले भनेका छन्, ‘सन् १९८२ मा कुली फिल्मको सुटिङका क्रममा म नराम्रोसँग घाइते भएँ, त्यतिवेला मलाई धेरै पाउन्ड रगत चढाइएको थियो ।त्यतिवेला नै मलाई हेपाटाइटिसको संक्रमण भएको थियो ।’ उनलाई यो कुरा सन् २००४ मा मात्रै थाहा भएको रहेछ ।

आफ्नो ७५ प्रतिशत कलेजो बिग्रिएकाले भारतलाई हेपाटाइटिसमुक्त बनाउने अभियानमा लागिरहेको समेत उनले बताएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *