यमनमा झाडापखालाका विरामी बढे

0
Shares

साना, २३ वैशाख । यमनमा गत एक हप्तामा मात्रै ६९ जना झाडा पखालाका विरामी एउटा सरकारी अस्पतालको सम्पर्कमा आएका छन् ।

राजधानी सानामा रहेको राज्यद्वारा सञ्चालित यमन अस्पतालमा आएका बिरामीमध्ये दुई जनाको मृत्यु भएको अस्पतालका अधिकारीले जनाएका छन् ।

गत अप्रिल २८ देखि मे ४ तारिखसम्ममा झाडापखालाका विरामीको सङ्या बढेको अस्पतालका निर्देशक नसर अल कदासीले सिन्ह्वालाई शुक्रबार जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनले गत अक्टोबरमा ५१ जना झाडापखालाका विरामी यमनको सरकारी अस्पतालको सम्पर्कमा आएको जनाएको छ । यमनमा स्वास्थ्य संवन्धी धेरै समस्या रहेको पनि सङ्गठनले उल्लेख गरेको छ ।

अरवी मुलुक यमनमा विगत दुई वर्षदेखि द्वन्द्व चलिरहेको छ । द्वन्द्वका कारण अहिलेसम्म झन्डै १० हजार जनाभन्दा बढीको मृत्यु भएको र लाखौँ नागरिक विस्थापित भएको मानवअधिकारीबादी संस्थाले जनाएका छन् । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *