विषाक्त खानाका कारण झन्डै दुइसय प्रहरी अस्पताल भर्ना

नयाँ दिल्ली, २० चैत । भारतका झन्डै दुइसय अर्थसैनिक प्रहरी विषाक्त खानाका कारण अस्पताल भर्ना भएका छन् ।

भारतको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा भएको एक तालिममा खाना खाएपछि प्रहरीहरु विरामी भइ अस्पताल भर्ना गरिएको हो ।

सेन्ट्रल रिजर्भ पोलिस फोर्स (सिआरपीएफ)मा आवद्ध ती प्रहरी प्रशिक्षार्थीहरु र तालिममा रहेका अन्य सुरक्षाकर्मीले खानाको रुपमा भात र माछा खाएका थिए ।

अर्नाकुलम जिल्लामा शनिबार बेलुका साँझको खाना खाएपछि उनीहरु विरामी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *