नङ बलियो बनाउने घरेलु उपचार

नङको सही हेरचाहले सुन्दरता बढाउनुका साथै स्वस्थ रहन सहयोग पु¥याउँछ । नङलाई सुन्दर तथा बलियो बनाउन सधैँ पार्लर धाउन पनि सम्भव हुँदैन । नङको सही तरिकाले हेरचाह गर्न केही घरेलु उपाय पनि अपनाउन सकिन्छ ।
- राति सुत्नुपहिले ओलिभ आयलले हल्का तरिकाले नङमा पाँच मिनेटसम्म मसाज गर्ने । त्यसपछि कटनको पन्जा लगाउने ।
- नरिवलको तेलमा एकचौथाइ मह र रोजमेरीको तेल मिलाउने । त्यसलाई अलिकता तातो बनाउने । नङलाई त्यो मिसाइएको प्याकमा १५ मिनेटसम्म डुबाएर राख्ने । यस्तो प्रक्रियाले नङ सुन्दर हुनेभन्दा पनि स्वस्थ हुन्छ । नियमित एक हप्तासम्म यो उपचार गर्दा नङ बलियो हुन्छ ।
- सुन्तलाको ताजा रसमा नङलाई १० मिनेटसम्म डुबाउने । हप्तामा एक वा दुईपटक यसो गर्दा नङ बलियो र सुन्दर हुन्छ ।
- एक चम्चा कागतीको रसमा तीन चम्चा ओलिभ आयल मिलाएर १० मिनेटसम्म नङलाई रगड्दा दह्रो हुनुका साथै चाँडै बढ्न मद्दत गर्छ । यो दिनको एकपटक गर्दा राम्रो हुन्छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



