राष्ट्रपति पौडेल नियमित स्वास्थ्य जाँचका लागि मनमोहनमा
काठमाडौँ, ९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य जाँचका लागि आज दिउसो महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् ।
तीन वर्ष अघि मुटुमा राखिएको पेश मेकरको कार्य जाँच तथा अन्य नियमित स्वास्थ्य जाँचका लागि उनी त्यहाँ पुगेका हुन् । जाँचका क्रममा रिपोर्ट नर्मल आएपछि उनी शितल निवास फर्केका छन् ।
मनमोहनका निर्देशक डा रत्नमणि गजुरेलले राष्ट्रपति नियमित फलोअपका लागि मनमोहनमा आएको र स्वास्थ्य परीक्षण गरी फर्किसकेको बताए ।
‘दिउसो साढे दुई बजे तिर आउनु भएको थियो । मुटुको जाँच भयो, इको इसिजी लगायत गरियो । रिपोर्ट नर्मल नै छ त्यसपछि उहाँ फर्किनु भयो । यो नियमित स्वास्थ्य जाँच हो,’ उनले भने ।
राष्ट्रपतिको स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ समेत रहेका राष्ट्रपतिका निजी चिकित्सक डा. निरज बमले समन्वय गरेका थिए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 

