स्वास्थ्य बीमा बोर्डले फेरी भन्यो : सेवा लिन सूचीकृत स्वास्थ्य संस्थामा डिजिटल कार्ड देखाए पुग्छ, भौतिक कार्ड अनिवार्य छैन

0
Shares

काठमाडौं, ९ मंसिर । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमितले भौतिक परिचयपत्र साथमा नभए पनि डिजिटल कार्ड वा बीमाको विवरण देखाएर स्वास्थ्य सेवा लिन सक्ने भएका छन्।

स्वास्थ्य बीमा बोर्डले बीमितलाई परिचयपत्र नभएकै कारण स्वास्थ्य बीमाअन्तर्गतको सेवा प्रवाहबाट वञ्चित नगर्न स्वास्थ्य संस्थाहरूलाई पुन: आग्रह गरेको छ।

बोर्डले बुधबार (आज) सबै स्वास्थ्य सेवा प्रदायकका लागि जारी गरेको पत्रमा स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा बीमाको विवरण स्पष्ट देखिने फोटोको प्रतिलिपिका आधारमा सेवा प्रवाह गर्न सकिने उल्लेख गरेको छ।

स्वास्थ्य विमा बोर्डका प्रवक्ता डा पवनकुमार साहले जारी गरेको पत्रअनुसार डिजिटल कार्ड वा फोटोमा उल्लेख भएको स्वास्थ्य बीमा नम्बर सम्बन्धित व्यक्तिको दर्ता प्रणाली वा मेसिनमा रहेको विवरणसँग भिडाएर बीमाअन्तर्गतको सेवा दिन सकिनेछ।

स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति साथमा नभएको अवस्थामा पनि बीमितलाई स्वास्थ्य बीमाअन्तर्गत प्राप्त हुने सेवाबाट वञ्चित नगर्न बोर्डले आग्रह गरेको छ।

डा साहले यो व्यवस्था यसअघि देखि नै लागू गर्न निर्देशन दिइए पनि कतिपय स्वास्थ्य सेवा प्रदायकहरुले कार्यान्वयनमा ल्याउन अफ्टेरो मानेको भन्दै अहिले पुन सूचना जारी गरेको स्पष्ट पारेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *