आयुर्वेद तथा पुरक चिकित्सालाई प्राथमिकतामा राख्ने स्वास्थ्यमन्त्रीको प्रतिवद्धता

काठमाडौँ, १० फागुन । स्वास्थ्य मन्त्री गगन थापाले आयुर्वेद तथा पुरक चिकित्सालाई प्राथमिकतामा राखेको बताएका छन् । स्वस्थ राष्ट्र निर्माणका लागि आयुर्वेद तथा पुरक चिकित्साको महत्व बढदै गएको भन्दै सोही अनुसार कार्यक्रम तयार गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार राष्ट्रिय आयुर्वेद तथा पुरक चिकित्सा नीति २०७३ मस्यौँदा कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री थापाले मस्यौदामा उल्लेखित विषयलाई समेटने गरी नयाँ कार्यक्रमको योजना बनाउन कर्मचारीहरुलाई निर्देशन दिए ।

उनले नयाँ नीतिको मस्याँैदामा प्रस्तावित बुँदाहरु समयसान्दर्भिक र महत्वकाक्षी रहेको भन्दै सोही अनुसार कार्यक्रम अघि बढाउन निर्देशन दिए । मन्त्री थापाले योगा पञ्चकर्म, जडीबुटी लगायतका आयुर्वेद तथा पूरक चिकित्साका विशेषताहरु पहिचान गरी स्वास्थ्य राष्ट्र निर्माण गर्न यसको महत्व झन् बढदै गएको बताए ।

सो अवसरमा समितिका सदस्यसचिव डा शंकर गौतमले नीति मस्यौदाको प्रस्तुतीकरण गर्दै संघियता अनुरुपको संस्थागत संरचना, औषधि गुणस्तर, जडिबुटी प्रवर्धन, सर्ने तथा नसर्ने दीर्घ रोग रोकथाम, जेष्ठ नागरिक सेवा मानसिक स्वास्थ्य, बाल तथा मातृत्व स्वास्थ्य, बाताबरणीय स्वास्थ्य प्रवर्धन लगायतका विषयमा उजागर गरेका थिए ।

कार्यक्रममा आयुर्वेद योग प्राकृतिक चिकित्सा होमीयोप्याथी यूनानी सोवा रिक्पा, परम्परागत चिनियाँ चिकित्साका विशेषज्ञ प्राध्यापक एवं चिकित्सकहरुको सहभागिता रहेको थियो ।

यी हुन् राष्ट्रिय आयुर्वेद तथा पूरक चिकित्सा नीति मस्यौदाले समेटेका मुख्य बुँदाहरु  :

नेपालमा प्रतिरक्षात्मक, प्रबर्धनात्मक, पुर्नस्थापनात्मक र उपचारात्मक स्वास्थ्य सेवाका लागि एलोप्याथि  र आयुर्वेद चिकित्सा प्रणाली बाहेक होमियोप्याथी, यूनानी, योग तथा प्राकृतिक चिकित्सा, परम्परागत चिनियाँ चिकित्सा र एक्युपञ्चर, सोवा रिक्पा (आम्ची चिकित्सा पद्धति) आदि चिकित्सा प्रणालीहरु पूरक चिकित्साका रुपमा प्रचलित छन्। 

नेपालको संबिधान २०७२ धारा ५१ ज ७ मा उल्लेख गरिए बमोजिम नेपालको परम्परागत चिकित्सा पद्दतिको रुपमा रहेको आयुर्वेदिक, प्राकृतिक चिकित्सा र होमियोप्याथिक लगायत स्वास्थ्य पद्दतिको संरक्षण र प्रवर्धनमा गर्ने भन्ने वाक्यांशले महत्वपूर्ण अर्थ राखेको छ।

सब भन्दा पहिला हामीले सेवा वर्गीकरण गरेका छौ, आधारभूत(Basic), विशेष(Special), विशेषज्ञ(Speciality) र Super-speciality service 

1.1    प्रत्येक गाउँपालिकाबाट कम्तिमा एक आयुर्वेद चिकित्सक सहित आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा एवं अन्य आवश्यक पूरक चिकित्साको आधारभूत सेवा प्रदान गरिने छ।

1.2    प्रत्येक नगरपालिकाबाट आयुर्वेद विशेषज्ञसहित आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा एवं अन्य आवश्यक पूरक चिकित्साको विशेष सेवा प्रदान गरिनेछ।

1.3    प्रत्येक प्रदेशबाट आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा एवं अन्य आवश्यक पूरक चिकित्साको विशेषज्ञ सेवा प्रदान गरिनेछ।

1.4    केन्द्रीय स्तरमा आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा, होमियोप्याथिक एवं अन्य सबै पूरक चिकित्साको विशेष विशेषज्ञ सेवा प्रदान गरिने छ।.

  • राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, केन्द्रीय अस्पताल, प्रादेशिक अस्पताल, राष्ट्रिय आयुर्वेद पंचकर्म तथा योग केन्द्र, सिंहदरबार वैध्यखाना लगायतका संस्थासंग समन्वय गरि संचालन गर्नेगरी स्वस्थ्य मन्त्रालय अन्तर्गत “राष्ट्रिय आयुर्वेद प्रतिष्ठान” तत्काल विकास समिति अन्तर्गत र पछि ऐन द्वारा संचालन हुने गरि स्थापना
  • .देशमा उपलब्ध औषधीय गुणयुक्त वनस्पतिहरुको लगत संकलन, उत्पादन, व्यवसाय, प्रयोग, आदिका सम्बन्धमा आवश्यक ऐन, नीति बनाएर अनुगमन नियमन गर्न “राष्ट्रिय औषधीजन्य वनस्पति बोर्ड” (National Medicinal Plants Board) को स्थापना गरिने
  • मुख्यतः स्थानीयस्तरमा उपलब्ध हुने जडीबुटीहरुद्वारा गुणस्तरीय आयुर्वेद औषधिहरुको उत्पादन गर्ने उद्देश्यले देशका विभिन्न क्षेत्रमा स्थापित र स्थापना गरिने ग्रामीण औषधि उत्पादन केन्द्र (Rural Pharmacy)हरुमा दक्ष जनशक्तिसहित आवश्यक औजार उपकरण र उपयुक्त पूर्वाधारहरुको व्यवस्था गरी प्रभावकारी सञ्चालन गरिनेछ
  • आयुर्वेद तथा पूरक चिकित्सा अन्तर्गतका स्वस्थ आहार (Diet and Nutrition), विहार तथा आचार (Healthy Lifestyle),  वातावरणीय स्वास्थ्य(Environmental Health) लगायतका अन्य स्वास्थ्य प्रवर्धनात्मक मौलिक विधि/प्रविधिहरुको समुचित विकास गरि सर्वसुलभ प्रयोगमा ल्याउने।
  • सर्ने तथा नसर्ने दीर्घ रोग, मानसिक रोगको उपचार एवं व्यवस्थापन तथा जेष्ठ नागरिकहरुको स्वास्थ्य प्रवर्धनका लागि आयुर्वेद तथा पूरक चिकित्साको विशेषता पहिल्याई प्रभावकारी उपयोग गर्ने ।
  • पूरक चिकित्सा सेवालाई व्यवस्थित, मर्यादित र स्तरीय बनाउन तथा सेवाको गुणस्तर कायम गर्न “नेपाल पूरक चिकित्सा परिषद ऐन” ल्याएर नेपाल पूरक चिकित्सा परिषद गठन गर्ने 
  • आयुर्वेद तथा ट्रेडिसन मेडिसन सम्बन्धमा WHO Declaration र अन्य अन्तराष्ट्रिय संस्थाद्वारा विकास गरिए अनुसारका कार्यक्रम वा व्यवस्थाहरुको पनि कार्यान्वयन गरिनेछ ।
  • राष्ट्रिय स्वास्थ्य कार्यक्रममा आयुर्वेद तथा पुरक चिकित्सा सहितको एकीकृत स्वास्थ्य सेवा प्रदान गर्ने।
  • आयुर्वेद तथा पूरक चिकित्साका प्राचिन ग्रन्थ एवं वांग्मय, जडिबुटी, परम्परागत सिप ज्ञान, आयुर्वेद तथा पूरक चिकित्सासंग सम्बन्धित देशको अपनत्वको विषयहरु संरक्षण, व्यवस्थित अभिलेखीकरण, प्रकाशन तथा IPR and Patent Right को लागि आवश्यक कार्य गर्ने।.
  • आयुर्वेद तथा पुरक चिकित्सा सेवाको मौलिकतालाई विशिष्टीकृत गरि स्वास्थ्य पर्यटनको क्षेत्रमा  विकास गर्ने .
  •  व्यवसायिक जडिबुटी खेति तथा प्रवर्धनका लागि अनुकुल वातावरण भएका क्षेत्र र आयुर्वेद तथा पूरक चिकित्साको विशेष क्षेत्र निर्धारण गरि जडिबुटी विशेष क्षेत्र घोषणा गर्ने।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *