वीर अस्पतालमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन रोग, छारे रोग तथा मेरुदण्ड सम्वन्धी विशेष क्लिनिक सञ्चालन हुने

40
Shares

काठमाडौँ, ५ कात्तिक । चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा आउँदो साता मुभमेन्ट डिसअर्डर, पार्किन्सन रोग, छारे रोग तथा मेरुदण्ड सम्वन्धी विशेष क्लिनिक सञ्चालन हुने भएको छ ।

वीर अस्पतालको न्युरो सर्जरी विभाग र अमेरिकाको भर्जिनियास्थित कारिलियन हस्पिटलको सहकार्यमा यस्तो क्लिनिक सञ्चालन हुन लागेको हो ।

अस्पतालले सो क्लिनिक आगामी १० देखि १२ कात्तिकमा सञ्चालन हुने र शल्यक्रिया आवश्यक हुनेका लागि सम्भावित मिति १६ देखि २० कात्तिकका लागि तोकिएको जनाएको छ ।

अस्पतालद्धारा आज जारी सूचनामा मुभमेन्ट डिसअर्डर, पार्किन्सन रोग, डिस्टोनिया, नियन्त्रणमा नआएको छारे तथा मेरुदण्ड सम्वन्धी समस्याका बिरामीहरुका लागि तेस्रो विशेष क्लिनिक तथा शल्यक्रिया कार्यक्रम हुने उल्लेख छ । यसमा डीप ब्रेन स्टिमुलेसन, लेजनिङ स्पाइनल कर्ड स्टिमुलेसन तथा भेगस नर्भ स्टिमुलेसन लगायतका विशेष उपचार सेवाका लागि विरामीहरुको परीक्षण तथा मूल्यांकन गरिने बताइएको छ ।

अस्पतालले यस्ता समस्याबाट पीडित विरामीहरुले समयमै न्युरो विभागमा सम्पर्क गरी अग्रिम नाम लेखाउन अनुरोध गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *