बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. विजयचन्द्र आचार्य नियुक्त

32
Shares

काठमाडौं, २४ असोज । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. विजयचन्द्र आचार्य नियुक्त भएका छन्।

शुक्रबार बसेको अस्पताल सञ्चालक समितिको बैठकले डा. आचार्यलाई तीन वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि डा. आचार्य २०७४ साल बैशाख २४ गते देखि तीन वर्षसम्म सो अस्पतालको कार्यकारी निर्देशक भईसकेका थिए । यस अर्थमा उनी दोस्रो पटक अस्पतालको कार्यकारी नेतृत्व सम्हाल्न आएका हुन् ।

अस्पतालका बरिष्ठ प्रशासक एवं सूचना अधिकारी गृहीनारायण महतोका अनुसार गत खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनौट गर्न समितिले गत विहीबार आवेदकहरुसंग विहीबार अन्तर्वार्ता लिएको थियो । त्यसमा डा. आचार्यसहित डा. अजयकुमार झा, डा. उमेश नेपाल, डा. कृष्णसागर शर्मा, डा. गुरूशरण साह, डा. प्रदीप थापा र डा. रञ्जनभक्त भण्डारीले आवेदन दिएका थिए।

तिनै मध्येबाट डा. आचार्यलाई कार्याकारी निर्देशक बनाइएको हो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *