नेपाल चिकित्सक संघका महासचिव डा. दवाडी काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काठमाडौँ १५ असोज । चिकित्सक संघका महासचिव डा. विश्वराज दवाडी नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ७ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
खुला समूहबाट उम्मेदवारी दिएका डा. दवाडीले १६५ मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
डा. दवाडी हाल धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कन्सल्टेन्ट फिजिसियनका रूपमा कार्यरत छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।



नेपाली हेल्थ 



