संसद् बैठकमै ढलेका सांसद भरत खड्कालाई वीर अस्पताल लगियो

108
Shares

काठमाडौँ, १८ भदौ । प्रतिनिधि सभा बैठककै क्रममा एकाएक ढल्न पुगेका सांसद भरत खड्कालाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद सोम शर्माले बोलिरहेका बेला उनी आफ्नै कुर्सीबाट एकाएक ढल्न पुगेका थिए ।

उनी ढलेसँगै संसद् सचिवालयकै स्वास्थ्य इकाइमा सामान्य उपचारपछि एम्बुलेन्समा राखेर थप उपचारका लागि वीर अस्पताल लगिएको संसद् सचिवालयले जानकारी दिएको छ ।

उनको वीर अस्पतालको इमरजेन्सी कक्षमा उपचार भइरहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *