मोरङमा रु पचपन्न लाखको औषधि खरिद

0
Shares

मोरङ, १९ माघ । निःशुुल्क औषधि वितरणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले रु ५५ लाखको औषधि खरिद गरेको छ ।

आर्थिक वर्ष २०७३/७४ मा तत्कालका लागि रु तीन लाखको र बाँकी औषधि टेन्डरमार्फत खरिद गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयले विराटनगरमा मङ्गलबार पत्रकार सम्मेलन गरी सोबारे जानकारी गराएको हो । जिल्लाका विभिन्न स्वास्थ्य कार्यालयका निःशुुल्क वितरण गरिने औषधि अभाव हुुन थालेपछि त्यसलाई पूरा गर्न औषधि खरिद गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका वरिष्ठ प्रशासकीय अधिकृत चन्द्रदेव मेहताले बताए । औषधि खरिद गरेलगत्तै ६७ वटा स्वास्थ्य केन्द्रमा औषधि पठाएको उनको भनाइ छ ।

औषधि पठाएपछि अहिले मोरङमा तोकिएको स्वास्थ्य संस्थामा निःशुुल्क रुपमा बिरामीले औषधि पाइरहेको सो कार्यालयले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *