भारतीय नाकाबन्दी विरुद्ध डाउनसिन्ड्रोम समाजको प्रर्दशन( फोटो फिचर सहित )
नेपालीहेल्थ/ काठमाडौँ ७ मंसिर –
भारतीय नाकाबन्दीले नेपालको स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष असर परेको भन्दै नेपाल डाउनसिन्ड्रोम समाज नेपालले विरोध जनाएको छ । उसले सोमबार मध्यान्न रत्नपार्क देखी दरबारमार्ग हुदै लैनचौरसम्म र्यालीको आयोजना गरेको छ ।
र्यालीमा सहभागीहरुले भारतीय नाकाबन्दीले स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष असर पुगेको भन्दै चर्का नारा लगाएका थिए । उनीहरुले प्लेकार्डका थिए । त्यस्तै रगत संकलन गर्ने व्लड व्याग समेत बोकेका थिए ।
रयालीमा सुस्त मनस्थितिका बालबालिकाहरु समेत सहभागी थिए । उनीहरुले बोकेको प्ले कार्डमा भारतीय नाकाबन्दीले नेपालको स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष असर पुगेको उल्लेख थियो । 


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



