अमेरिकाका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

0
Shares

वासिङटन, ५ माघ । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच.डब्लु.बुस अस्पताल भर्ना भएका छन् । ९२ वर्षका बुसलाई होस्टनस्थित अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमहरुले बुधबार जनाएका छन् ।

उनको स्वास्थ्य अवस्थास्थिर रहेको र सुधार भइरहेको अस्पतालका प्रमुख जेन बेकरले जानकारी दिए ।

उनलाई अहिले अस्पताल भर्नागर्नुको कारणका बारेमा केही बताइएको छैन । पूर्वराष्ट्रपति बुसलाई यसअघि पनि पटकपटक भर्ना गरिएको थियो ।

जीवित चार जना पूर्वराष्ट्रपतिमध्ये उनीसबैभन्दा बढी उमेरक छन् । उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए  । उनका छोरा जर्ज. डब्लु.बुसले पनि सन् २००१ देखि २००९ सम्म राष्ट्रपतिको जिम्मेबारी सम्हालेका थिए । रासस/एएफपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *