यस्ता छन् त्रिफलाका ६ फाइदा

0
Shares

 

तीन फलको मिश्रणबाट बनेको चूर्ण (ध्रलो) लाई त्रिफला भनिन्छ । यसमा अमला, हर्रो र बर्रो मिलाएर त्रिफला बनाइन्छ । यो एक प्रकारको घरेलु औषधिका साथै आयुर्वेदिक औषधि हो । यसको सेवनले शरीरका बिभिन्न कसिमका रोग लाग्नबाट बचाउँछ ।

१. एक चम्चा त्रिफलाको धूलोलाई एक कचौरा पानीमा भिजाएर कपाडाले छानेर आँखा धूने गर्नाले आँखा स्वच्छ र सफा हुनुका साथै आँखा पोल्ने समस्याबाट मुक्ति मिल्छ ।

२. त्रिफलालाई रातभरी पानीम भिजाएर राख्ने र बिहान एकछिन मुखमा राखेर कुल्ला गर्नाले मुखको दुर्गन्ध हट्नुका साथै दाँतलाई मजबुत बनाउँछ ।

३. त्रिफलाको चूर्णको सेवन गर्नाले मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ ।

४. यसलाई गाईको घ्यूमा मिलाएर खानाले आँखालाई फाइदा गर्छ ।

५. त्रिफलाको नियमित सेवन गर्नाले मोतिबिन्दु, दृष्टिबिहिन हुने सम्भावनालाई कम गर्न मद्दत गर्छ ।

६. त्रिफलाको सेवनले पिसाब सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मधुमेह रोगका लागि फाइदाजनक हुन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *