बाँकेमा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालन

28
Shares

बाँके, २८ चैत । डुडुवा गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालन भएको छ । डुडुवा गाउँपालिका–२ बेतहनी स्वास्थ्य केन्द्रमा निर्मित भवनबाट सेवा सञ्चालन भएको हो ।

मेडिकल अधिकृत डा रामगोपाल तिवारी नेतृत्वको १८ सदस्यीय टोलीले चौबिसै घण्टा सेवा सुरु गरेको हो ।

अस्पतालमा आधुनिक प्रयोगशाला, औषधि बिक्री कक्ष, एक्स–रे, भिडियो एक्स–रेलगायत सेवा उपलब्ध छ ।

सरकारले निर्धारण गरेको मापदण्डअनुसार विपन्न, गरिब, असहाय र ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार तथा औषधि वितरण र अन्यलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराइने डा तिवारीले बताए ।

डुडुवा गाउँपालिकाले विगतमा झैँ यस वर्ष पनि घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *