प्रधानमन्त्री शाहले स्वास्थ्य मन्त्री निशा मेहतालाई के कारणले सचेत गराए ?

216
Shares

काठमाडौँ, २६ चैत ।  प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई सचेत गराएका छन्।

आफ्नो विभागीय जिम्मेवारी निर्वाह गर्ने क्रममा अपेक्षित गम्भीरता नदेखाएको निष्कर्षसहित प्रधानमन्त्री शाहले उनलाई सचेत गराएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गम्भीर बिषयमा पदीय दायित्व पूरा गर्न नसकेको भन्दै मन्त्री मेहतालाई सचेत गराउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।

सभापति लामिछानेको लिखित सिफारिसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई विभागीय कामकारबाहीमा गम्भीर बन्न सचेत गराएका हुन्।

स्वास्थ्य मन्त्री मेहताले गत २३ चैतमा स्वास्थ्य बीमा बोर्डको सदस्यमा जुनू श्रेष्ठलाई पुर्न नियुक्ती गरेकी थिईन् । जुन निर्णय विवादित बनेपछि उनले निर्णय नगरेको भन्दै अर्को झुट बोलेकी थिईन् ।

जेनजी घाइते भन्दै जवरजस्ती कोटा मिलाउने काम पनि नियम विपरित

गत १८ चैतमा बसेको चिकित्सा शिक्षा आयोगको २४ औँ पूर्ण बैठकले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई चालु शैक्षिक सत्र देखि नै त्रिवि आईओएमको महाराजगञ्ज क्याम्पसमा पढाउने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

सो बैकठमा आयोगका अध्यक्ष समेत रहने प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित थिए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल र स्वास्थ्य मन्त्री मेहता सह अध्यक्षको रुपमा सहभागी थिए ।

अघिल्लो सरकारको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न आयोग समक्ष आएको सो प्रस्तावलाई त्यस बैठकले सहर्ष स्वीकार गर्दै पठन पाठनको व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

स्वास्थ्य मन्त्री सिंहले जेन जी घाइतेलाई एमबीबीएसमा कोटा थपेर चालु शैक्षिक सत्र देखि नै पढ्ने व्यवस्था मिलाएको बताएकी थिईन । तर सो निर्णय अहिले भने कार्यान्वयनमा आएको छैन ।

कक्षा सञ्चालनको ३५ दिन नाघि सकेकोले अब निर्णय आएर यसैपटक उनले पढ्न पाउने अवस्था नरहेको आयोगका अधिकारीहरु बताउँछन् ।

सरकार बाहिर रहेर सरकारका गतिविधि हेरिरहेका पार्टी सभापति लामिछानेको टिमले स्वास्थ्य मन्त्री मेहताको काम गराईमा एक पछि अर्को कच्चापना देखिएको भन्दै सचेत गराउन सिफारिस गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *