मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर: स्वास्थ्य मन्त्री मेहता दशौँ वरियतामा

काठमाडौँ, २४ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरेका छन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्मा मर्यादाक्रममा हेरफेर गरिएको हो ।
मन्त्रीहरूको कार्यविभाजन यथावत रहे पनि मर्यादाक्रममा हेरफेर गरिएको जनाइएको छ ।
हेरफेर भएको मर्यादाक्रम अनुसार स्वास्थ्य तथा जनसंख्या, खानेपानीमन्त्री निशा मेहता दशौं वरियतामा पुगेकी छिन्। यसअघि नवौंमा थिइन् ।
त्यस्तै प्रधानमन्त्री शाहपछि वरिष्ठताका आधारमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले दोस्रोमा रहेका छन् ।
तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् । चौथौमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।
पाचौंमा गृहमन्त्री सुधन गुरुङको मर्यादाक्रम रहेको छ । सुरुको मर्यादाक्रममा गृहमन्त्री गुरुङ तेस्रो वरियतामा थिए ।
छैटौं वरियतामा भौतिक पूर्वाधार तथा यातायातस सहरी विकासमन्त्री सुनिल लम्साल रहेका छन् ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौं वरियतामा छिन् ।
यसपछि क्रमश महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी, संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल, शिक्षा, विज्ञान तथा प्रविधि युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल रहेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल बाह्रौ नम्बरको वरियतामा छन् ।
त्यसपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिना, कृषि तथा पशुपन्छी विकासस वन तथा वातावरणमन्त्री गीता चौधरी छन् ।
हाल १५ सदस्यीय मन्त्रिपरिषद्मा १५ औँ नम्बरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह रहेका छन् ।

सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
