प्रेमसागर कर्माचार्यद्धारा १८६औं पटक रक्तदान

सिन्धुपाल्चोक, २२ चैत । नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष एवं शतक रक्तदाताको रुपमा परिचित प्रेमसागर कर्माचार्यले १८६औं पटक रक्तदान गरेका छन् ।
शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ३ स्थित पाल्चोकी भगवती मन्दिरको प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा कर्माचार्यले १८५औं पटकको आफ्नो रक्तदानको रेकर्ड तोड्दै १८६औं पटकको रक्तदान गरेका हुन् ।
त्यसअघि बोल्दै उनले मानवीय जीवन बचाउन रक्तदान गर्नुपर्छ भन्ने युवाहरुमा भावना जागृत गराउने उद्देश्यले विभिन्न जिल्लामा पुगेर रक्तदान गर्दै आएको बताए ।
निस्शुल्क दान दिइएको रगतमा सरकारले शुल्क लिइरहेकोमा असन्तुष्टि जनाउँदै कर्माचार्यले दानमा दिइएको रगत बिरामीले निःशुल्क पाउनुपर्छ भनी अब नयाँ सरकारलाई झक्झक्याउने बताए ।
शनिबारको कार्यक्रममा महिलारपुरूष गरी १७ ले रक्तदान गरेका छन् ।

शनिबार नै नेपाल स्वयंसेवी रक्तदाता समाजका आजीवन सदस्य धनबहादुर पाण्डेको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज सिन्धुपाल्चोक जिल्ला तदर्थ कार्यसमिति गठन गरिएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 