‘स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन कसरी गर्न सकिएला ?’ स्वास्थ्य मन्त्री मेहता र बोर्डका अधिकारीहरुबीच छलफल

तिलगंगाले  बीमितलाई पक्षपात ब्यवहार गरेपछि सबै संस्थाहरुलाई पत्राचार
460
Shares

काठमाडौँ, १६ चैत । सरकारको शासकीय सुधारका १०० वटा कार्यक्रममा संकटग्रस्त अवस्थामा पुगेको स्वास्थ्य बीमा कार्यक्रमबारे उल्लेख नभएपछि धेरैले यसबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।

यहि मेसो पारेर स्वास्थ्य बीमा बोर्डका अधिकारीहरुले आज स्वास्थ्य मन्त्री निशा मेहतालाई भेटि प्रभावकारी कार्यान्वयनका विषयमा विविध कोणबाट छलफल गरेका छन् ।

मन्त्रीकै सचिवालयको सानो हलमा दिउसो स्वास्थ्य सचिव डा विकास देवकोटालाई लिएर पुगेका अधिकारीहरुले मन्त्री मेहतालाई स्वास्य बीमाको अवस्था र सरकारले गर्नु पर्ने सहयोगको बारेमा जानकारी गराएका थिए ।

‘खासगरी आजको छलफलमा स्वास्थ्य बीमा कार्यक्रमले सामना गरिरहेका चुनौती तथा आगामी प्राथमिकताका विषयमा समग्र समीक्षा भयो । त्यसमा स्वास्थ्य बीमा कार्यक्रमको वर्तमान अवस्था, सेवा प्रदायकको भुक्तानी, सेवा प्रवाहका विषयमा छलफल भयो । यो अवस्थालाई कसरी निकास दिने ? कार्यक्रमलाई प्रभावकारी ढंगले कसरी अघि बढाउने ? भन्ने विषयमा गहन छलफल भयो,’ बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने ।

छलफलमा प्युठानबाट निर्वाचित सांसद सुशान्त वैदिक, स्वास्थ्य बीमा कार्यक्रमको प्याकेज संसोधनका लागि सुझाव दिने समितिको संयोजक प्राडा प्रदीप वैद्य लगायत सहभागि थिए ।

तिलगंगाले  बीमितलाई पक्षपात व्यवहार गरेपछि पत्राचार
नमूना आँखा अस्पतालको रुपमा विश्व परिचित तिलगंगाले स्वास्थ्य बीमा गरेका बिरामीलाई पक्षपातपूर्ण व्यवहार गरेको पाइएको छ । नगद पैसा तिर्ने बिरामीलाई आजको आजै सेवा बीमितका लागि १० दिन पछि पालो आउँछ भन्दै फर्काउने गरेको उजुरी पछि बोर्डले त्यसो नगर्न चेतावनीसहित पत्राचार गरेको छ । बोर्डले तिलगंगालाई पत्राचार गरेपछि स्वास्थ्य बीमा सेवा प्रदायक सबै संस्थालाई सूचना जारी गर्दै वीमितलाई पक्षपातपूर्ण व्यवहार नगर्न सचेत गराएको छ ।

बीमितको तस्विरमा क्याल्कुलेटर राखिदिएपछि स्पष्टिकरण
स्वास्थ्य बीमा कार्यक्रम फितलो हुनुमा व्यवस्थापकीय कमजोरी तथा त्रुटीहरु धेरै छन् । हालै मात्रै अनुगमनका क्रममा गम्भीर त्रुटी भेटियो । एक जना बीमितको तस्विर राख्ने ठाउँमा दर्ता सहयोगीले क्याल्कुलेटरको फोटो खिचेर राखिदिएको पाइयो । व्यक्तिको तस्विर नराखी क्याल्कुलेटर राखेर गम्भीर लापरवाही गरेको भन्दै बोर्डले जिल्लासंग स्पष्टिकरण सोधेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *